बैशाख १८ पोखरा ।।
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । शुक्रबार बिहान ११ः५ बजे खपौदी नजिक पौडीखेल्ने क्रमा पोखरा महानगरपालिका वडानम्बर १८ का बर्ष १० का अरेश लामाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
पौडी खेल्ने क्रममा अमरेश डुबेर वेपत्ता भएका थिए । सशस्त्र प्रहरीको उद्धार टिमले तत्काल उनको उद्धार गरको थियो । सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम बाट प्रहरी निरीक्षक मुकुन्द सिग्देलको कमाण्डमा ८ जनाको टोली तथा सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण बाट सशस्त्र प्रहरी नायब निरीक्षक तारा चन्द्र शर्माको कमाण्डमा ७ जनाको टोली खटिएको थियो।
उद्धार पछि पश्चिमाञ्चल क्षेत्रीय अस्प्ताल पोखरामा लगिएकोमा १२ः१५ बजे अस्पतालले उनलाई मृ त घोषणा गरेको थियो ।











