बैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने
  • प्रमुख खबर

काठ्माण्डौं ।

बैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएको छ । सो ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिका अनुसार यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले तीन वटै सूर्यग्रहण बार्नु नपर्ने भएको छ । त्यस्तै कात्तिक ११ गते लाग्ने चन्द्रग्रहण भने नेपालबाट देख्न सकिनेछ । तर, यसमा दोष लाग्ने भएकाले बार्नु पर्ने समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्