काठ्माण्डौं ।
पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार १ हजार ६ सय ३४ जनाको नमुना परीक्षण गर्दा ८२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै यस भाइरसको सङ्क्रमणबाट थप एक जनाको ज्यान गएको छ । यससँगै कोरोनाको सङ्क्रमणबाट देशभर ज्यान गुमाउनेको सङ्ख्या १२ हजार २८ जना पुगेको छ । त्यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६५ जना व्यक्ति सङ्क्रमणमुक्त भएका छन् ।