सिम्रिक एअरको हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
  • प्रमुख खबर

काठ्माण्डौं ।

सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ मा सिम्रिक एअरको हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका भविन गुरुङको मृत्यु भएको सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिएका छन् ।

यस्तै उक्त दुर्घटनामा परि क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर घाइते भएका छन् ।

सो हेलिकोप्टर आज दिउँसो १ बजेर १० मिनेटमा भोटखोला–४ हम्मरेडाँडामा रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते भएका चारै जनालाई उपचारका लागि काठमाण्डौ पठाइएको छ ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्