प्रधानमन्त्री प्रचण्डको ठाडो निर्देशनमा रोकियो नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया
  • प्रमुख खबर

काठ्माण्डौं ।

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ठाडो निर्देशनमा उक्त प्रक्रिया रोकिएको हो ।

अन्तर्राष्ट्रिय अभ्यास र गहन छलफल विपरीत ल्याउन लागिएको नयाँ स्टकको लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री डा। प्रकाशशरण महत, मुख्यसचिव शंकरदास वैरागी, अर्थसचिव अर्जुनप्रसाद पोखरेललाई बोलाएर नै लाइसेन्सको प्रक्रिया तत्कालको लागि रोक्न लिखित रुपमा नै निर्देशन दिएका हुन् ।नयाँ स्टक एक्सचेन्ज पुरानो र सरकारी एक्सचेन्ज विस्थापित गर्ने गरी ल्याइएको नीति गलत भएको भन्दै संसद्मा नै आवाज उठेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्