प्रतिनिधिसभाले तोक्यो सांसदहरूले संसद् बैठकमा सहभागी हुँदा लगाउने पोशाक
  • प्रमुख खबर

काठ्माण्डौं ।

प्रतिनिधिसभाले संसद्को मर्यादा कायम राख्न सांसदहरूले संसद् बैठकमा सहभागी हुँदा लगाउने पोशाक तय गरेको छ । आइतबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णय अनुसार सभामुख देवराज घिमिरेले सांसदहरुको पोशाक तोकेका हुन् ।

सभामुखले पोशाक तोक्दा औपचारिक, मौलिक सँस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषा वा पोशाक समेतमा ध्यान दिनुपर्ने नियमावलीमा छ । नियमावली अनुसार सभामुख घिमिरेले संसदमा मर्यादित पोशाक लगाएर उपस्थित हुनुपर्ने गरी पोशाक तोकेका हुन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्