आगामी आर्थिक वर्षको बजेटको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित
  • प्रमुख खबर

आगामी आर्थिक वर्षको बजेटको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

काठ्माण्डौं ।

संघीय संसदको राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्ष ०८० र ०८१ को बजेटको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । मंगलबार बसेको राष्ट्रियसभाको बैठकले सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको हो ।  शुक्रबार मात्र राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

सरकारकोतर्फबाट प्रस्तुत भएको उक्त नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा तीन दिन छलफल भएको थियो । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले उठाएका प्रश्नको उत्तर दिएपछि नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको हो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्