एउटै मञ्चमा देखिँदै ओली र प्रचण्ड
  • प्रमुख खबर

अषाढ १२,काठमाडौँ।।

नेपालका प्रमुख कम्युनिस्ट नेताहरू एकै मञ्चमा देखिने भएका छन्। जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजित विशेष कार्यक्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यता रहनेछ।

मदन भण्डारी फाउण्डेशनद्वारा आगामी असार १४ गते राष्ट्रिय सभागृहमा आयोजना गरिने ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

उक्त गोष्ठीमा जननेता मदन भण्डारीको राजनीतिक विचार, योगदान र नेपाली कम्युनिस्ट आन्दोलनमा उनको भूमिकाबारे गहिरो छलफल गरिने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्