पोखरा ।।
जीवन बिमा मानिसका लागि अपरिहार्य भई रहेको छ । यस संगै बिमा क्षेत्रमा धेरै परिवर्तन पनि भई रहेका छन् । आज भोली मानिसहरू बिवाह , जन्म उत्सवमा समेत बिमा पोलिसी उपहार दिने गरेको पाईन्छ । यसरी नै प्रभु महालक्ष्मी लाईफ ईन्सुरेन्समा काठमाडौं टोखा नगरपालिका वडा नम्बर २ निबासी सुजता अधिकारीको काभ्रे जिल्ला पनौती नगरपालिका वडा नम्बर ४ बास घारी निबासी रूपक बन्जराको साथमा सु – सम्पन्न भएको बैवाहिक कार्यक्रममा दिदी सरू खतिवडाले बहिनी सुजता अधिकारीलाई रू ५०००००(अक्षरूपी पाँच लाख) को साबधिक जीवन बिमाको पोलिसी उपहार दिएको प्रभु महालक्ष्मी लाईफ ईन्सुरेन्सका पोखरा क्षेत्रका नायब प्रबन्धक अखिल धमलाले जानकारी दिनु भयो ।
यसै किसिमको उपहार दिनु र समाजमा फजुल खर्च तथा अनावश्यक सामानहरू उपहार दिनु भन्दा जीवन बिमा पोलिसी उपहार दिनु सकारात्मक भएको र यसले समाजमा बचत गर्ने बानिको बिकास गराउनुको साथै आर्थिक समृद्धि हासिल भई सामाज बिकासमा टेवा पुग्ने प्रभु महालक्ष्मी लाईफ ईन्सुरेन्सका एजेन्सी मेनेजर राम प्रसाद खतिवडाले बताउनु भयो ।












