सूर्यदर्शन सहकारीका सञ्चालक समितिका सदस्य प्रमोद भट्टराई प्रकाउ
  • प्रमुख खबर

पोखरा ।।

सूर्यदर्शन सहकारीका सञ्चालक समितिका सदस्य प्रमोद भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ ।

सहकारी ठगीमा फरार ३० वर्षीय भट्टराईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

सुनसरी जिल्ला, इनरुवा नगरपालिका वडा नम्बर ५ घर भई पोखरा–४, नालाकोमुखमा कार्यालय रहेको सूर्यदर्शन सहकारीको सञ्चालक समितिका सदस्य रहेका भट्टराईलाई प्रहरीले पोखरामा ल्याएर अदालतमा उपस्थित गराएको कास्की प्रहरी प्रमुख एसपी मोहन कुमार थापाले बताए ।

सूर्यदर्शन सहकारीका १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ वर्तमान सञ्चालक समिति, पूर्वसञ्चालक समिति, लेखाका कर्मचारीसहित १९ जनालाई ठगि मुद्धा छ । १९ जना मध्ये अझै १५ जना फरार छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्