पोखरा ।।
पोखराको हेम्जामा ग १ ख ९२९७ नम्बरको बस दुर्घटना भएको छ । बागलुङ कालिका दर्शन गरी तनहुँ फर्कँदै गर्दा केहि समय अघि भएको दुर्घटनामा परी केही यात्रुहरु सामान्य घाइते भएका छन् ।
तनहुँबाट ३६ जना यात्रु लिएर बागलुङ गएकोमा कालिका मन्दिर दर्शन गरी फर्कने क्रममा पोखरा २५ याम्दी क्षेत्रमा दुर्घटनामा परेको स्थानीयले जनाएका छन् । दुर्घटनामा परी केही यात्रु सामान्य घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा पठाइएको छ भने घटनाबारे थप जानकारी आउन बाकी छ ।