राईडर्स पोखरा नेपाल द्वारा मन्त्रीलाई ज्ञापन पत्र पेश
  • प्रमुख खबर

पोखरा ।।

पोखरामा रही बिगत ३ बर्ष देखि अनलाईन राईड सेयरिङ एप मार्फत राईड गर्ने राईडर द्वारा सोमबार दिउँसो एक बृहत् र्याली सहित गण्डकी प्रदेश भौतीक पुर्बाधार बिकास  तथा यातायात ब्यवस्था मन्त्रालयका मन्त्री माननीय  राजिब गुरुङलाई ज्ञापन पत्र पेश
गरेका छन् ।

यातायात ब्यवस्था कार्यालयले यहि २०८१ /०३/०७ गते प्रकाशन गरेको सार्बजनिक सवारीको भाडा लिन अनाधिकृत एप नचलाउने तथा निजी सवारीले भाडामा यात्रु ओसार पसार नगर्ने भन्ने सुचना बारे खण्डन गर्दै गण्डकी प्रदेश पोखरा कास्कीमा रही राईड सेयरिङ एप मार्फत राईड गर्ने राईडर पोखरा नेपाल समूह कास्की द्वारा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

ज्ञापन पत्र बुझाउने क्रममा मन्त्री गुरुङले यातायात कार्यालय गण्डकिले मन्त्रालय सँग समन्वय नै नगरी कार्यालय प्रमुख डिल्लिराम रिजालले सुचना प्रकाशित गर्नु अत्यन्तै गलत कार्य गरेको आरोप लगाएका छन् ।
कार्यालय प्रमुख रिजालको ब्यक्तिगत स्वार्थको कारण यस्तो गरेको हुन सक्ने आशंका रहेको  मन्त्री गुरुङले बताए ।

यस बिषयमा तत्काल गम्भीर छलफल गरि रिजाल सँग बिना समन्वय सुचना निकालेको प्रती  स्पष्टीकरण सोधिने मन्त्री गुरुङले जानाकारी दिए । स्वरोजगार बन्नु आफैमा राम्रो भएको हुदा पोखरामा रहेका राईडरहरुलाई आफु  र यात्रुको लागि सुरक्षित भै  राईड गर्नु पर्ने कुरालाई प्राथमिकता दिनु पर्ने भन्दै राईडर प्रती  सकरात्मक अभिव्यक्ति दिएका थिए । ट्याक्सीले बाईकवाला साथीहरुलाई आगामी दिनमा दुख दिएमा मन्त्रालय एक्सनमा जाने बताए ।

नेपालमै आफ्नै कम्पनी खोली नेपाली एप प्रयोग गर्न सके अझै राम्रो हुने धारणा समेत प्रस्तुत गरेका थिए ।युवा ब्यक्तित्व अनिल श्रेष्ठ को संयोजकत्वमा उक्त र्याली सहितको कार्यक्रम गरिएको राईडर पोखरा नेपाल समन्वय समूहका सचिब रिजोन बस्ताकोटिले जानाकारी दिए। भने र्यालीमा  करिब १ हजार जना राईडरको उपस्थित रहेको बताएका छन्।

ज्ञापन पत्रको पुर्ण अंश यस प्रकार छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्