प्रहरीद्वारा कास्कीको माछापुच्छ्रे गाउँपालिकामा चोरी गरेको आरोपमा ४ जना पक्राउ
  • प्रमुख खबर

पाेखरा ।।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ रुम्जामा चोरी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोक बस्ने ४२ वर्षीय सुर्यबहादुर घर्ती क्षेत्री, ५१ वर्षीय खड्कबहादुर पुनमगर, पोखरा–२१ बस्ने ५८ वर्षीय लोकबहादुर रानामगर र नदीपुर बस्ने ३५ वर्षीय राजु सुनार रहेका छन् ।

उनीहरुलाई शशीधर काफ्लेको घरबाट १ लाख ७३ हजार नगदसहित अन्दाजी १४ लाख ८ हजार बराबरको सामान चोरी गरेको आरोपमा कास्की प्रहरीले पक्राउ गरेकाे हाे ।

प्रहरीका अनुसार उनीहरुले साउन ३ गते काफ्लेलेकाे घरमा गई धारिलो हतियार देखाएर सुनको गरगहना (सिक्री र तिलहरी१/१ थान , औठी ३ थान, रिङ ३ जोर, मोबाईल १ थान) र नगद १ लाख ७३ हजार गरी अन्दाजी १४ लाख ८ हजार बराबरको सामान चोरी गरेका बताएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्