कक्षा १२ काे नतिजा सार्वजनिक, यस वर्ष २५ हजार ४३६ जना उत्तीर्ण
  • प्रमुख खबर

पाेखरा ।।
कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले अाज कक्षा १२ को नतिजा सार्वजनिक गरेको हाे ।

९२ हजार ५०९ सहभागीमध्ये २५ हजार ४३६ जना उत्तीर्ण भएका छन् । जसअन्तर्गत नियमिततर्फ ३ लाख ८५ हजार ६३२ सहभागी मध्ये २ लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका छन् ।

देशभर गरेर यस वर्ष ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै ग्रेडवृद्धितर्फ २०७८ र २०७९ सालको परीक्षार्थीमध्ये २८.२६ प्रतिशत उत्तीर्ण भएका छन् ।

यस्तै २० जना प्रशिक्षार्थीकाे भने परीक्षा रद्द भएको छ । नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बसेको थियो ।

बैठकले नतिजा वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्