सहकारीकाे रकम दुरुपयोग सम्बन्धमा पूर्व गृहमन्त्री लामिछाने सहित अन्य २६ जनालाई सोधपुछ हुने
  • प्रमुख खबर

काठ्माण्डाैं ।।

पूर्व गृहमन्त्री रवि लामिछाने सहित अन्य २६ जनालाई बचतकर्ताकाे रकम दुरुपयोग गरेकाे सम्बन्धमा सोधपुछ गर्ने भएको छ ।

सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले लामिछानेसहित अन्य २६ जनालाई सोधपुछ गर्ने भएकाे हाे ।

स्रोतका अनुसार समितिले वास्तविक तथ्य पत्ता लगाउन सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका र बाहिर रहेका समेत गरि २६ जनासँग सोधपुछ गर्न लागिएकाे हो ।

उक्त समितिले यसअघि बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफस्कुन)र राष्ट्रिय सहकारी महासंघसँग पनि छलफल गरेको थियो ।

त्यस्तै महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनको विषयमा समेत छलफल गरेको समितिले गृहमन्त्री, सचिव, प्रहरी महानिरीक्षकसँग समेत छलफल गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्