देशभर ७३ जिल्लामा फैलियाे डेङ्गी सङ्क्रमणका बिरामी
  • प्रमुख खबर

काठ्माण्डाैं ।।
देशभर ७३ जिल्लामा फैलिएको डेङ्गी सङ्क्रमणबाट पछिल्लो समय एक जनाको मृत्यु छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले दिएकाे जानकारी अनुसार पछिल्लो समय याे सङ्क्रमणबाट एक जनाको मृत्यु हाे ।

गत पुसदेखि हालसम्म देशभर दुई हजार तीन सय ६५ जना याे राेगबाट सङ्क्रमित छन् ।

सबैभन्दा धेरै सङ्क्रमतिकाे संख्या बागमती प्रदेशमा देखिएकाे महाशाखाले जनाएको छ । यस राेगबाट बागमतीमा मात्र ७ सय ४७ जनामा सङ्क्रमण देखिएकाे छ ।

यस्तै गण्डकीमा ५ सय ८ , लुम्बिनीमा २ सय ४७, कोशी प्रदेशमा ५ सय ३७, मधेसमा ४६, कर्णालीमा ३८ र सुदूरपश्चिममा २ सय ४२ जना सङ्क्रमित रहेका छन् ।

गण्डकी प्रदेशकाे कास्की जिल्लामा भने १ सय ३७ र तनहुँमा १ सय १० जना सङ्क्रमित रहेका छन् ।

महाशाखाका अनुसार यता, हैजा सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । देशभर ३० जनामा हैजा पुष्टि भएको इडिसिडीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्