‘सदभाव र सहकार्यका लागि एकता’ भन्ने नारा सहीत
दीप युनाइटेड क्लबले १२ औं खुला रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
क्लबले बर्सेनि गर्दै आएको रक्तदान कार्यक्रमलाई यस पटक पनि निरन्तरता दिन लागेको क्लबका अध्यक्ष खेमराज आचार्यले प्रमुख खबरलाई जानकारी दिए ।
क्लबले समाजमा सधै अग्रसर भई सामाजिक भूमिकामा सक्रिय रहदै आएको र विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।
कार्यक्रम यही भाद्र १५ गते शनिबार सुन्दरफिड चोकमा बिहान ७ बजेदेखि रक्तदान सुरु हुने साथै कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोग रहने रक्तदान कार्यक्रमका संयोजक आशीष पौडेल क्षेत्रीले जानकारी दिए ।