पद्माप्रेम थिएटरको प्रस्तुतीमा पोखरामा शुक्रबारदेखि नयाँ नाटक “जानकी” मञ्चन भइरहेको छ।
पोखराको गैह्रापाटनमा रहेको पोखरा थिएटरको गन्धर्व नाटकघरमा यही भाद्र २८ गतेदेखि मञ्चन भइरहेको छ भने असोज ५ गतेसम्म चल्नेछ।
“कुनै पनि काम सानो ठूलो हुँदैन, मेहनत गरे देशमै केही गर्न सकिन्छ,परिवारको माया र साथ नै सबैभन्दा ठूलो कुरा हो” लगायतका शिक्षा प्रदान गर्ने नाटक जानकीलाई सावित्रा पाठक(सबू)ले लेखेकी हुन् भने निर्देशन गोविन्द पराजुली र शीतला अधिकारीको रहेको छ।
गोविन्द पराजुली, विभूप्रसाद भुसाल, सवित्रा पाठक सबु, ज्योति हमाल , शीतला अधिकारी, सुमन कार्की, मुना गुरुङ, विवेक गुरुङ, अभिषेक भुसाल, प्रदिप गौतम (प्रमोद), अलिसा थापा लगायतका कलाकारको अभिनय रहेको नाटक जानकीमा संगीत जय चापागाई र पोस्टर डिजाइन सन्दीप तिवारीको रहेको छ।
नाटक हरेक दिन बेलुका ५ बजे (बुधबार बाहेक), शनिबार दिउँसो १ बजे र बेलुका ५ बजे मञ्चन भइरहेको छ।