निःशुल्क चढ्न पाइनेछ धरहरा, संविधान दिवसको अवसर पारेर आजदेखि अस्थायी रूपमा सञ्चालन
  • प्रमुख खबर

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90?

काठमाडौं । संविधान दिवसका अवसरमा आजदेखि अस्थायी रूपमा धरहरा सञ्चालनमा आएको  छ । अहिलेका लागि धरहरा चढ्न कुनै शुल्क नलाग्ने सहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।

त्यसको पूर्वसन्ध्यामा नेपाल सरकारका मन्त्रीहरूसहित सरकारी अधिकारीहरूले बुधबार धरहराको अवलोकन गरेका छन् । त्यसक्रममा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले धरहरा सञ्चालनको कार्यविधि बनेपछि पूर्णरूपमा सञ्चालनमा आउने बताए ।

अहिलेलाई एक दिनमा अधिकतम ५०० सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्