काठ्माण्डाैं ।।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना सम्बन्धी निवेदन दर्ता भएको छ ।
रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धान चलिरहँदा अदालतको गतिविधिविरुद्ध आन्दोलन गरेको दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको हाे ।
अदालति प्रकृयामा गइसकेकाे विषयमा अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजिएकाे विरुद्ध अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा अवहेलनाको निवेदन दर्ता गरेका हुन् ।
अवहेलना निवेदनमा रास्वपाका सांसदहरू स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त मर्हजन, तोषिमा कार्की, सोबिता गौतमलगायत गरि १८ जनालाई विपक्षी बनाइएको छ। यस मुद्दामा मंसिर ३ गतेको लागि पेसी तोकिएको छ ।














