पाेखरा ।।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेकाे आरोपमा पक्राउ परेका रास्वपाका सभापति एंव पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।
पक्राउ परेका उनीविरुद्ध सरकारी वकिलकाे कार्यालयले
पुस ५ गतेभित्र मुद्दा चलाईसक्नु पर्नेछ ।
मुद्दा चलाउनु अघि गैरकानुनी रुपमा थुनामा राख्न नमिल्ने हुनाले उनलाई हिरासतमा राख्न प्रहरीले अदालतसंग अनुमति लिएको हो । लामिछाने कार्तिक २ गते वनस्थलीबाट पक्राउ परेका थिए ।