पाेखरा ।।
नेपाल मगर साँस्कृतिक संघ कास्कीको आयोजनामा लोक गायक कृष्ण थापा मगर एकल साँझ हुने भएको छ ।
संघले अाज पाेखरामा पत्रकार सम्मेलनकाे अायाेजना गर्दै साे कार्यक्रमकाे बारेमा जानकारी दिएकाे हाे ।
उक्त एकल साँझ कार्यक्रम यही पुस ६ गते हुने संघका अध्यक्ष सरिता सारु मगरले बताइन् । विशेषगरी मौलिक लोकगीत संगीतमार्फत नेपाली लोक संस्कृतिको संरक्षण, संवर्द्धन र जगेर्ना गर्ने उदेश्यसहित उक्त एकल साँझ कार्यक्रमको आयोजना गरिएको अध्यक्ष मगरले जानकारी दिइन् ।
लोक गायक थापा मगरले विगत लामो समयदेखि मौलिक लोक गीत जर्गेना गर्ने कार्यमा महत्त्वपूर्ण योगदान दिइँदै अाएका छन् ।
वि.स. २०२५ साल तनहुँ बसन्तपुर-३ मा जन्मिएका थापा मगरले २०४५ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका थिए ।
लोक गायक थापा मगर २०४८ सालमा राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा रेडियो नेपालद्धारा आयोजित राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा प्रथम समेत भएका थिए ।
संघका अध्यक्ष सारु मगरका अनुसार उक्त एकल साँझ कार्यक्रममा गायक थापाले आफ्ना लोकप्रिय गीतहरु जुनी जुनी, लाहुरे फुली पाते बुलाकी, काठमाडौं तीनकुने, सारंगीको तार जस्ता दर्जनाै लाेक गीतहरुलाई दर्शकमाझ पस्कने भएका छन् ।
त्यस्तै लाेक गायक थापा, मगर समुदायको मात्र नभइ राष्ट्रकाे गहना समेत रहेकाे उनले बताइन् ।