पोखरा ।।
पाेखरा १९ घार्मीमा रहेकाे श्री भूमेश्वर आधारभूत विध्यालयकाे ६९ औ वार्षिक उत्सव तथा अविभावक दिवस सम्पन्न भएकाे छ ।
मंगलबार विधालयको प्राङ्गणमा वि.व्य.स. अध्यक्ष रामप्रसाद पाैडेलकाे अध्यक्षता तथा पाेखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेकाे प्रमुख आतिथ्यतामा भएकाे साे समाराेहमा विशिष्ठ अतिथिमा विध्यालयका संस्थापक अध्यक्ष लिलाधर पाैडेल,समाजसेवी एकनाथ पाैडेल तथा हरिराम घिमिरे रहनुभएकाे थियाे ।
समाराेहमा विध्यालयका पूर्व प्र अ , पूर्व व्यवस्थापन समितिका अध्यक्षहरु ,वडा शिक्षा समिति सदस्यहरु, अध्यकाेशदाता ,शिक्षक अभिभावक संघ सदस्यहरु, शिक्षक, विध्यार्थी, स्थानीय संघ संस्था प्रतिनिधिहरु छिमेकी विध्यालयका प्र अ तथा वि व्य सं सदस्य एवम् स्थानीय समुदायकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा बाेल्दै वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले विध्यालयकाे शैक्षिक गुढस्तर, भाैतिक विकास तथा समग्र विध्यालय संरक्षणका विविध विषयहरु आैल्याउदैं बालबालिकालाई संस्कार र संस्कृति सहितकाे शिक्षा दिनुपर्ने कुरामा जाेड दिनुभयाे ।
विध्यालयका प्र अ भरतराज पाैडेलले विध्यालयकाे प्रतिवेदन प्रस्तुत गर्नुभएकाे साे कार्यक्रममा शिक्षक अभिभावक संघ सदस्य सुनिता अधिकारी पाैडेल, विध्यालयका पूर्व प्र अ दुर्गा प्रसाद पाैडेल, महेन्द्र मा वि वि व्य स अध्यक्ष बैकुण्ठ पाैडेल, विध्यालय अक्षयकाेष संयाेजक माेहन प्रसाद पाैडेल, वडा सदस्य द्वाेय दुर्गादेवी बस्नेत, विकास आचार्य , महेन्द्र मा वि प्र अ बासुदेब पाैडेल , भारती भवन मा वि प्र अ नेत्र बहादुर आले, सल्लाहकार संयाेजक संजय पाैडेल लगायतले विध्यालयकाे विकास र संरक्षणका विषयमा बाेल्नु भएकाे थियाे ।
समाराेहमा विध्यालयमा खाजाघर निर्माता सहयाेगी एकनाथ पाैडेललाई सम्मान गरिएकाे थियाे। प्रमुख अतिथि वडाध्यक्ष पाण्डेले सहयाेगदाता पाैडेललाई मायाकाे चिनाे सहित दाेसल्ला ओढाएर सम्मान गर्नुभयाे । समाराेहमा विगत केही वर्षदेखि निरन्तर सहयाेग दिदै आउनु भएका हरिराम घिमिरेले यसपटक पनि विध्यार्थीहरुकाे लागि न्यानाे कपडा वितरण गर्नुभयाे ।
समाराेहमा यस वर्ष वार्षिक परिक्षामा तथा विध्यालयका विभिन्न आन्तरिक गतिविधिमा उत्कृष्ठ भएका विध्यार्थीहरुलाई पुरस्कृत गरियाे ।
६९ औ वार्षिक उत्सबकै अवसरमा स्थानीय समाजसेवी माधव प्रसाद पाैडेलका छाेरा प्रशान्त पाैडेल, छाेरी सपना पाैडेल र सविता पाैडेलले स्व. हजुरबाबा गिरिधारी पाैडेल, हजुरआमा स्व.भद्रकला पाैडेल र काका स्व.निर्मल पाैडेलका नाममा रु पाँच हजार पचपन्न रुपियाँकाे अक्षयकाेश स्थापना गर्नु भयाे । त्यस्तै स्थानीय तुलसी पाैडेलले दुईहजार पचास रुपियाँ विध्यालयलाई सहयाेग प्रदान गर्नु भयाे।
बिध्यालयका विध्यार्थी बालकालिका द्वारा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएकाे साे कार्यक्रममा स्वागत भाषण सम्झना पुनले राख्नु भएकाे थियाे भने कार्यक्रमकाे संचालन शिक्षिका सर्मिला बराल आचार्यले गर्नु भएकाे थियाे।