तनहुँको आँबुखैरेनीमा भएको दुर्घटनामा दुई जनाकाे मृत्युु
  • प्रमुख खबर

तनहुँ ।।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी
गाउँपालिका–१ आँधीखोलामा ट्रक दुर्घटना भएको छ ।

डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा प्र ०१–००१ य १६५९ नम्बरको स्करपियोलाई विपरीत दिशाबाट आउँदै गरेको ए २–०३००–१ केएच २४४८ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

ठक्कर पश्चात् ट्रक पुलकोबीचबाट खसेर दुर्घटनाग्रस्त भएको छ । मंगलबार बिहान भएको उक्त दुर्घटनामा दुई जनाको मृत्यु समेत भएको छ ।

मृत्यु हुनेमा ट्रक चालक उदयपुर घर भएका ३० वर्षीय भेषराज पराजुली र सह-चालक रौतहटका २८ वर्षीय विजय विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिएका छन् ।

स्करपियोमा सवार चार जना भने सकुशल रहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्