आजको मौसम : बाक्लो हुस्सुका कारण चिसो बढ्यो जनजीवन प्रभावित
  • प्रमुख खबर

पोखरा ।।

देशका केही स्थानमा मंगलबार बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल नेपालको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

अहिले बिहान तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी क्षेत्रको मौसम भने सफा रहेको छ। बाक्लो कुहिरो र हुस्सुका कारण तराई मधेसको जनजीवन प्रभावित बनेको छ।

आज कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।

हुस्सु र कुहिरोले दैनिक जनजीवन, पर्यटन, सडक यातायात तथा हवाई क्षेत्रमा असर पर्ने भन्दै मशाखाकाले सचेत रहन अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्