काठ्माण्डाैं ।।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) बाट अमेरिकालाई बाहिर निकाल्ने प्रक्रिया शुरू गर्ने आदेशमा हस्ताक्षर गरेका छन् ।
यस भन्दा अगाडि पनि उनी अमेरिकाकाे राष्ट्रपति हुदाँ डब्ल्यूएचओसँग रुष्ट बन्दा अमेरिकालाई बाहिर निकाल्ने घोषणा गरेका ट्रम्पले दोस्रो पटक समेत कार्यकालकाे शुरुआतकै दिन फेरि बाहिरिने आदेश दिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
उक्त सञ्चारमाध्यका अनुसार ट्रम्पले दिएकाे कार्यकारी आदेशमा सांसदहरूको मत हासिल गर्न आवश्यक पर्दैन ।
अमेरिका विश्व स्वास्थ्य सङ्गठनको सबैभन्दा ठूलो दाता हो । अमेरिकाले वर्षेनि डब्ल्यूएचओको बजेटको १५ देखि २० प्रतिशत हिस्सा सहयोग गर्दै आएको छ । याेसँगै अमेरिकाले विभिन्न स्वास्थ्य कार्यक्रम, अनुसन्धान र आपत्कालीन प्रतिक्रियामा पनि सहयोग गर्दै आएको छ ।
विशेषगरी कोभिड–१९ को विषयमा डब्ल्यूएचओले चीनको पक्ष लिएको भन्दै ट्रम्पले साे समयमा नै अाफु अमेरिकाकाे राष्ट्रपति हुदाँ असन्तुष्टि जनाएका थिए ।
त्यसबेला उनले अमेरिका विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिएको घोषणा गरेका थिए। तर जो बाइडेन राष्ट्रपति भएपछि अमेरिका पुनः विश्व स्वास्थ्य सङ्गठनमा सहभागी भएको हो ।
हाल अाएर पून: ट्रम्पले पदभार ग्रहण गरेकाे ८ घण्टा नवित्दै साेही निर्णयलाई कार्यान्वयन गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।
त्यस्तै बाइडेनकाे कार्यकालको समयमा व्हाइट हाउसमा कोभिड-१९ काे प्रतिक्रिया संयोजकको रूपमा काम गरेका डा.अनिश झाले ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा बाइडेनबाट फिर्ता लिने निर्णयलाई रणनीतिक त्रुटि भनेका छन् ।
उनले डब्लूएचओ एक अत्यन्त आवश्यक संगठन भएको र अमेरिका यस संगठनबाट बहिर्गमन हदाँ संस्था कमजोर हुने बताउँदै यसले एउटा राजनीतिक शून्यता सिर्जना गर्ने जसलाई एउटा देशले मात्र भर्न सक्छ र त्यो चीन भएको बताएका छन् ।
डब्लुएचओ एउटा सार्वजनिक स्वास्थ्यका लागि जिम्मेवार संयुक्त राष्ट्रहरुकाे विशेष एजेन्सी हाे जुन अनाैपचारिक रुपमा सन् १९४८ अप्रिल ७ मा स्थापना भएको थियो भने अाैपचारपक रुपमा सन् १९४८, सेप्टेम्बर १ मा सुरु भएको थियाे ।