लोकप्रिय गायक उदित नारायणको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। भिडियोमा उनलाई लाइभ कन्सर्टको दौरान एक महिला फ्यानलाई ओठमा चुम्बन गरेको देख्न सकिन्छ, जसले ठूलो चर्चा र विवाद जन्माएको छ।
घटना लाइभ कन्सर्टको हो, जहाँ उदित नारायण स्टेजमा फिल्म ‘मोहरा’को चर्चित गीत ‘टिप-टिप बर्षा पानी’ गाइरहेका थिए। सोही क्रममा केही महिला फ्यानहरू उनीसँग सेल्फी लिन स्टेज नजिक पुगे। उदितले पनि मायापूर्वक उनीहरूसँग सेल्फी लिए र एक फ्यानको गालामा चुम्बन गरे।
तर विवाद तब सुरु भयो जब अर्को युवती फ्यान स्टेज नजिक पुगिन्। उदितले घुँडा टेकेर सेल्फी खिचे र त्यसपछि उनलाई ओठमा चुम्बन गरे। यो दृश्य सामाजिक सञ्जालमा तीव्र रूपमा फैलियो र व्यापक आलोचना हुन थाल्यो।
धेरै प्रयोगकर्ताहरूले उदितको व्यवहारलाई अनुचित भनेका छन्, भने कतिपयले यसलाई फ्यानसँगको सामान्य अन्तरक्रिया भन्दै समर्थन गरेका छन्। अहिले उदित नारायण यस विषयमा चर्चाको केन्द्रमा छन्।
उनले यसबारे प्रष्टिकरण दिँदै भिडियोमा देखिएको क्षणलाई कुनै नकारात्मक भावनाबाट नभई केवल माया र सम्मानस्वरूप गरिएको बताएका छन्। तर यो घटनाले सामाजिक सञ्जालमा ठूलो बहस सिर्जना गरेको छ।