प्रेस चौतारी कास्कीको अध्यक्षमा मोतीसागर अधिकारी
  • प्रमुख खबर

पोखरा ।।

प्रेस चौतारी कास्कीको अध्यक्षमा मोतीसागर अधिकारी निर्विरोध निर्वाचित भएका छन् । हिजो मंगलबार पोखरामा सम्पन्न नवौँ अधिवेशनबाट अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

उध्यक्षमा गिरधारी पोखरेल , उपाध्यक्ष (महिला) रोजी श्रेष्ठ, सचिवमा अनुप पौडेल, सहसचिवमा दीपक अधिकारी , सहसचिव (समावेशी ) सुरेश सुनार तथा कोषाध्यक्षमा सन्दीप खनाल चयन भए ।

यसैगरी सदस्यमा सञ्जय थापा, रचित पौडेल, आशिष पुरी, विनिता राना, मदनमणि तिमिल्सिना, काशिनाथ कुमाल र मनिषा लामिछाने चुनिए ।

अधिवेशनले प्रदेश प्रतिनिधिमा राजु गिरी, बालकुमारी पौडेल ‘तारा’, अर्जुन गाह सुशान्त, रेजिना कटुवाल, शिशिर पौडेल र सुरेश रानाभालाई चयन गरेको छ ।

केन्द्रीय प्रतिनिधिमा पुण्य पौडेल, दीपेन्द्र श्रेष्ठ, हरि बास्तोला, ओम हमाल, प्रकाश अधिकारी, शान्ति गुरुङ चयन भएका छन ।

यसैबीच, स्थापना दिवस अवसरमा प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट इन्द्रप्रसाद पौडेललाई पुरस्कृत गरेको छ । सो अवसरमा प्रेस चौतारी पत्रकारिता सम्मानबाट पत्रकार गणेशमान गुरूङ सम्मानित भए ।

प्रमुख अतिथि प्रैस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतलगायतले पत्रकार पौडेललाई नगद २२ हजार २ सय २२ रुपैयाँ र सम्मानपत्र प्रदान गरे ।

कास्की शाखाले स्थापना एवं सञ्चालन गरेको प्रेस चौतारी पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान गर्न शान्ति गुरूङको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्