नयाँ दिल्ली /अमेरिकाले सयभन्दा बढी भारतीय नागरिकलाई फिर्ता पठाएपछि भारतको संसद्मा ठूलो हंगामा भएको छ। बजेट सत्रको पाँचौँ दिन, लोकसभा र राज्यसभामा विपक्षी दलहरूले यो मुद्दामा तत्काल छलफलको माग गर्दै सरकारविरुद्ध नाराबाजी गरे।
लोकसभा सभामुख ओम बिरलाले यो विदेश नीतिसँग सम्बन्धित विषय भएकाले सरकार सचेत रहेको बताए। तर, कांग्रेस सांसद मणिकम टेगोरले यो कदमलाई मानव अधिकारको उल्लंघन भन्दै सरकारको मौनताप्रति प्रश्न उठाए।
हंगामा बढ्दै गएपछि दुवै सदनको बैठक स्थानीय समयअनुसार १२ बजेसम्मका लागि स्थगित गरियो। संसद्को बजेट सत्र ३१ जनवरीदेखि सुरु भई पहिलो चरण १३ फेब्रुअरीसम्म चल्नेछ भने दोस्रो चरण १० मार्चदेखि १४ अप्रिलसम्म सञ्चालन हुनेछ।