पाेखरा ।।
बालयोगेश्वर भनी चिनिने विवादित धर्मगुरु विजय कृष्णमूर्तिले कुनै पनि हालतमा पोखरामा कोटीहोम गर्ने बताएका छन् ।
मानव सेवा फाउण्डेसनले आइतबार पाेखरामा आयाेजना गरेकाे पत्रकार भेटघाट कार्यक्रममा साे कुरा बताएका हुन् ।
उनले भने, “आफुले जुन ठाउँमा काेटिहाेमकाे आियाेजना गर्ने भनिएकाे छ, त्यही स्थान र मितिमा हुनेछ । त्यसमा कुनै पनि तलमाथि नहुने बरु यसकाे लागि जस्ताे सुकै मूल्य चकाउन पनि तयार रहेकाे बताए ।
उनले भने,” कुनैपनि हालतमा उक्त काेटिहाेम सञ्चालनकाे लागि धर्मका नाममा अधर्म गर्न पनि पछि नहट्ने बताए ।
यस फाउन्डेसनले आउँदो वैशाख १७ गतेदेखि लेक साइडको बाराहीघाटमा कोटिहोम गर्ने जनाएको छ । यसैका लागि भन्दै पाेखराका विभिन्न ठाउँमा रहेका चाैताराका सयाैं वर्ष पुराना वर, पिपल, समी, अाप लगायतका रुखहरु अनधिकृत रूपमा फाउन्डेसनले काटेको छ ।
पोखरा १४ मा मात्रै ६ वटा चौतारा र ९ वटा ठुला रुख नपलाउने गरी ठुट्याइएको छ । तर, कृष्णणमूतिले ती रुखहरु आफूले नकाटेको र महानगरले नै पहिले नै काटेर राखेकाे तर दोष आफूहरुलाई दिएको आरोप समेत लगाएका छन् ।
यस विराट ज्ञान महायज्ञ तथा कोटीहोमका लागि नेपाल ट्रष्टले जग्गा उपलब्ध गराएको थियाे । तर सहरको अति व्यस्त स्थान, आन्तरिक तथा बाह्य पर्यटकहरू आवतजावत र घुमफिर गर्ने मुख्य पर्यटकीय केन्द्र, विश्व रामसार सुचीमा समेत सूचीकृत फेवातालको किनारमा महानगरले स्वीकृत नदिने भएको हाे ।
त्यसतै धर्मगुरु कृष्णमूर्तिले काम गर्ने क्रममा रुख कटानसहितका केही कमजोरी भएको र त्यसलाई सुधार गर्दै जान आफू तयार रहेको पनि जानकारी दिएका छन् । नले रुख काटिएको ठाउँमा वृक्षरोपण गरिने पनि बताएका छन् ।