पोखरा/ संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी) ले ठूलो संख्यामा कर्मचारी कटौती गर्दै १,६०० कर्मचारीहरूलाई बर्खास्त गर्ने निर्णय गरेको छ। बाँकी रहेका अधिकांश कर्मचारीलाई प्रशासनिक बिदामा राख्ने योजना बनाइएको छ।
विदेशी कर्मचारीहरूका लागि स्वैच्छिक फिर्ता यात्रा कार्यक्रम र अन्य सुविधा प्रदान गर्ने योजनासमेत एजेन्सीले अघि सारेको छ।
एलोन मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभागले सरकारी सुधारलाई मुख्य लक्ष्य बनाएपछि युएसएआइडीमा यो ठूलो परिवर्तन गरिएको बताइएको छ।
अमेरिकी मिडियाका अनुसार अघिल्लो ट्रम्प प्रशासनले युएसएआइडीको कार्यबललाई १०,००० बाट घटाएर ३०० भन्दा कम पुर्याउने लक्ष्य राखेको थियो, जसले ९७ प्रतिशत कटौतीको संकेत गर्छ।- स्रोत: अमेरिकी न्युज एजेन्सी