घट्यो पेट्रोलको भाउ
  • प्रमुख खबर

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ, मट्टीतेल र डिजलमा प्रतिलिटर ४/४ रुपैयाँ घटाइएको निगमले जनाएको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलको भाउ लिटरमा पाँच रूपैयाँ घटाएको जनाएको हो । त्यस्तै डिजेल/मट्टीतेल लिटरमा चार रूपैयाँ घटाएको जानकारी दिएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो ।

अब पेट्रोलको भाउ १६० रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। डिजेल–मट्टीतेलको प्रतिलिटर १४८ रूपैयाँ ५० पैसा पर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्