पोखराका-२१ का वडाध्यक्षले अाफु माथि रड प्रहार गर्ने विरुद्व प्रहरीलाई दिए निवेदन
  • प्रमुख खबर

पाेखरा ।।

पोखराका-२१ का वडाध्यक्ष दीपक सुवेदीले आफु माथि
रड प्रहार गर्ने विरुद्व प्रहरीलाई निवेदन दिएका छन् ।

शनिबार सुवेदीले आफु माथि रड प्रहार गर्ने ७१ वर्षीय भुपेन्द्र गिरी विरुद्व कारवाहीको मागसहित वडा प्रहरी कार्यालय बैदाममा आइतबार(आज) निवेदन दिएका हुन् ।

उनका अनुसार गिरीले सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएको संरचना हटाउन गएकाे बेला आफुमाथि रड प्रहार गरेको बताए । तर आफु उभिएकाे साइडमा रहेका एक व्यक्तिले छेकेका कारण चोट भने लाग्न नपाएको समेत उनले बताए।

सार्वजनिक जग्गा मिचेर घरटहरा नबनाउन अनुरोध गर्दागर्दै पनि अटेर गरि उल्टै आफुमाथि नै ती व्यक्ति जाइलागेकाे वडाध्यक्ष सुवेदीले बताए।

रड प्रहार गरेका गिरीलाई सोधपुछका लागि कार्यालय बोलाइएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी सन्तोष निरौलाले जानकारी दिए।

त्यस्तै यसै घटनालाई लिएर पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगरभित्रका सार्वजनिक जग्गाको संरक्षण गर्ने अभियान आफुहरुले चलाएको भन्दै सार्वजनिक सम्पत्तिको संरक्षणमा भूमिका खेल्न महानगरबासीहरुलाई आग्रह समेत गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्