फेवाताल संरक्षणका लागि जलकुम्भी सरसफाई अभियानमा शुरु
  • प्रमुख खबर

पाेखरा।।

फेवाताल संरक्षणका लागि प्रतेक वर्ष गरिदै आएकाे जलकुम्भी सरसफाई अभियान यस वर्ष पनि शुरु गरिएको छ ।

पोखरा -१८ खपौदी ढल्केबर स्थित फेवतालमा वातावरण संरक्षणका लागि महाअभियान कास्कीको आयोजनामा आइतबारबाट उक्त जलकुम्भी सरसफाई अभियान सुरु गरिएको हो ।

जनप्रतिनिधि, अभियान्ता, नागरिक समाज, आमा समूह, जलारी समुदाय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायत स्थानीयको सहभागितामा फेवातालको जलकुम्भी सरसफाई अभियान शुभारम्भ गरिएको छ ।

प्रतेक वर्ष चैत्रमा हुँदै आएकाे सरसफाइ कार्यक्रम यस वर्ष पनि संचालन गरिएको हो ।

आज सरसफाई अभियानको शुरुवात गर्दै कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल कालिका गणका प्रमुख सूर्य प्रसाद तिमिल्सिनाले फेवाताल पोखराको आकर्षण केन्द्र रहेको र यसको संरक्षण तथा सरसफाई गर्नु सम्पुर्ण आम जनसमुदाय तथा सरोकारवाला निकायहरुको जिम्मेवारी र दायित्व रहेको बताए ।

पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आम पोखरा बासिहरुले यसको सौन्दर्यता, सफा र स्वच्छ फेवातालको लागि यस्ता कार्यक्रमहरुले महत्वपुर्ण भुमिका निर्वाह गर्ने उनको भनाइ छ ।

त्यस्तै जलकुम्भी सरसफाई अभियानलाई निरन्तरता दिन सबैले साथ दिन वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक राम बहादुर पौडेलले
सम्पूर्ण पाेखराबासीहरुमालअनुरोध पनि गरेका छन्।

आज(आइतबार) सम्पन्न उक्त सरसफाई कर्यक्रममा ३ सय बढीको सहभागिता रहेकाे थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्