पाेखरा ।।
पोखरा-७ मा एक स्थानीयकाे घरमा दिन दहाडै भेटिएको चितुवालाई सुरक्षित रूपमा नियन्त्रणमा लिइएकाे छ ।
त्यहाँका स्थानिय शोभाचन्द्र बरालको घरको कम्पाउन्ड भित्र मंगलबार(आज) करिब दिउँसो ३ बजे भेटिएको चितुवालाई सुरक्षित रूपमा नियन्त्रणमा लिइएकाे हाे ।
आफुहरु बस्ने बस्तीमा अचानक चितुवा देखिएपछि त्यहाँका स्थानीय बासिन्दाहरु त्रसित भएर डिभिजन वन कार्यालय कास्कीलाई जानकारी गराएका थिए।
उक्त सूचना प्राप्त भएसँगै डिभिजन वन कार्यालय कास्कीका वन अधिकृत हरि प्रसाद गौतमको नेतृत्वमा त्यहाँ पुगेको टोलीले तत्कालै उक्त चितुवालाई नियन्त्रणमा लिन सफल भएको हाे ।
नियन्त्रणमा लिएकाे चितुवालाई पचभैया वन्यजन्तु उद्धार केन्द्रमा स्थानान्तरण गरिएकाे छ।
पछिल्लो समय वन जङ्गलमा लाग्ने गरेकाे अत्याधिक डढेलाे र बस्ती विस्तारका कारणले गर्दा यस्ता जनावरहरुले बासस्थान खाेज्दै मानव बस्ती प्रवेश गर्ने गरेकाे छ ।