काठमाडौंमा भएको हिंसात्मक प्रदर्शन: पक्राउ परेका नेता-कार्यकर्ताको म्याद थप गरिँदै
  • प्रमुख खबर

काठमाडौं/ तीनकुनेमा शुक्रबार भएको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पक्राउ परेका राजावादी नेता-कार्यकर्ताहरूलाई आज अनुसन्धानका लागि म्याद थप गर्ने तयारी गरिएको छ।

शुक्रबार राति भएको आन्दोलनमा सहभागी भएकाहरू शनिबार कानुनी प्रक्रिया अघि नबढाइएकाले आज आइतबार म्याद थप गरिन लागेको हो। प्रहरीका अनुसार हिंसात्मक प्रदर्शनका क्रममा ११२ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमध्ये राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शम्शेर राणा, राजावादी अभियन्ता स्वागत नेपाल, तथा दुर्गा प्रसाईंको रोयल टास्क फोर्स (आरटीएफ)का कमाण्डर समेत रहेका छन्।

यसैबीच, राजतन्त्र पुनर्स्थापनाका लागि आन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्द गरिएको छ भने आन्दोलनको प्रमुख योजनाकार दुर्गा प्रसाईं फरार रहेका छन्।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्