शौचालयमा लडेर पुष्पकमल दाहाल प्रचण्ड घाइते
  • प्रमुख खबर

काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राति शौचालयमा लड्दा घाइते भएका छन्। खुमलटारस्थित निवासमा लडेर टाउको र निधारमा चोट लागेपछि उनलाई तत्कालै ललितपुरको मेडिसिटी अस्पताल पुर्‍याइएको थियो।

अस्पताल स्रोतका अनुसार राति करिब १२ बजे इमर्जेन्सीमा भर्ना गरिएका प्रचण्डको टाउकोमा टाँका लगाइएको छ। उपचारपश्चात उनको अवस्था सामान्य रहेको जनाइएको छ। आज बिहान करिब ५ बजे अस्पतालबाट डिस्चार्ज भएका छन।

 

तपाईको प्रतिक्रिया दिनुहोस्