राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन गर्ने घोषणा
  • प्रमुख खबर

काठमाण्डाै ।।

राजसंस्था पुनर्स्थापनाका लागि गठित ‘संयुक्त जनआन्दोलन समिति’ ले ‘जनआन्दोलन’ को घोषणा गरेको छ । काठमाण्डाैमा आज पत्रकार सम्मेलन गर्दै समितिका संयोजक नवराज सुवेदीले जेठ १५ गतेदेखि जनआन्दोलन घोषणा गरेका हुन् । उनले आफ्नो नेतृत्वमा हुने अनिश्चितकालीन ‘जनआन्दोलन’ मा राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाल, नेपाली कांग्रेस (बीपी), शिव सेनालगायतको साथ रहेको बताए ।

संयाेजक सुवेदीले राजसंस्था स्थापना नभएसम्म आफूहरूकाे आन्दोलन नराेकिने र आन्दोलन शान्तिपूर्ण हुने स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया दिनुहोस्