काठमाण्डौ ।।
पश्चिमी तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण केही ठाउँमा हल्का वर्षा भएको छ ।
बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही ठाउँमा चट्याङसहित हल्का वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया मौसम बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । हिमाली भागका केही ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ ।
प्रि–मनसुन भएकाले बादल लाग्ने र पहाडी भूभागका एक –दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मोसमविद् गोविन्द झाले बताए ।
उहाँका अनुसार काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लाग्ने र बादल लाग्ने क्रम चलिरहन्छ ।