पार्टी सदस्य र शुभेच्छुकहरुको सहयोगमा भवन बनाउँदै माछापुच्छ्रे गाउँ पालिका कमिटी
  • प्रमुख खबर

पाेखरा ।।
नेकपा (एमाले ) माछापुच्छ्रे गाउँपालिका कमिटी, कास्कीकाे भवन शिलन्यास भएको छ ।

उक्त भवन पार्टीका पुराना नेता, भुमिगत कालका सेल्टरदाता, जेष्ठ कम्युनिस्ट भागिरथ दवाडीले बिहिवार एक कार्यक्रमका बिच शिलान्यास गरेका हुन् ।

भवन शिलान्यासमा कार्यक्रमको प्रमुख अतिथि पार्टी केन्द्रिय सल्लाहकार परिषदका सदस्य तथा कास्की ३(१) का प्रदेश सभा सदस्य माननीय गणेशमान गुरुङ, विशेष अतिथि प्रदेश कमिटी सदस्य जगन्नाथ बास्तोला, सम बहादुर गुरुङ र मिम बहादुर बिश्वकर्मा रहेका थिए।

उक्त कार्यक्रममा पाटीका प्रदेश सल्लाहकार परिषद सदस्य नन्दलाल अधिकारी , कर्ण बहादुर गुरुङ, महेश्वर पोख्रेल, जिल्ला कमिटी सदस्य तथा पृथ्वीनारायण बहुमुखी क्याम्पस पोखरा स्ववियु अध्यक्ष बिष्णु पोख्रेल, स्ववियु सदस्य प्रचण्ड शक्ति गुरुङको समेत उपस्थित थियो।

पार्टीका अग्रज नेताहरू लगायत गाउँपालिका कमिटी, वडा कमिटी र जनसंगठनका अध्यक्षहरुकाे उपस्थिति रहेकाे साे कार्यक्रममा भवन निर्माणका लागि धेरै नेताहरूले सहयोग रकम उपलब्ध गराउने घोषणा गरेका थिए ।

त्यस्तै साेही कार्यक्रममा भवन निर्माण तथा जग्गा व्यवस्थापन कार्यमा महत्त्वपूर्ण भुमिका खेलेका नेताहरूलाई उच्च सम्मान गरिएको थियाे ।

यस्तै आगामी दिनमा समेत गाउँपालिका कमिटीको बन्न लागेकाे नयाँ भवन सम्पन्न गर्नकाे लागि विभिन्न तह र तप्कामा रहेका नेकपा (एमाले )का कार्यकर्ता तथा शुभेच्छुकहरुसंग कमिटीले सहयोगको अपेक्षा गरेकाे गाउँपालिका कमिटीका अध्यक्ष बिक्रम गुरुङले बताए।

उनले साे भवन सम्पन्न गर्न धेरै भन्दा धेरै सहयाेग प्राप्त गर्नेमा आफुहरु ढुक्क रहेकाे पनि बताए । यस्तै उक्त कार्यक्रमकाे सञ्चालन कमिटीका सचिव ऋषि गौतमले गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्