भारत र पाकिस्तान युद्धविरामका लागि तयार छन् : राष्ट्रपति ट्रम्प
  • प्रमुख खबर

पोखरा ।।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविरामका लागि तयार भएको बताए । सामाजिक सञ्जालमार्फत ट्रम्पले अमेरिकाको मध्यस्थताले यो सम्भव भएको भन्दै दुवै देशलाई बधाइ दिएका छन् ।

उनले लेखेका छन्, ‘रातभरीको निरन्तर कुराकानी र अमेरिकाको मध्यस्थताका कारण भारत र पाकिस्तानबीच पूर्ण रूपमा र तुरुन्तै युद्ध विराम गर्न सहमति भएको घोषणा गर्न पाउँदा म खुशी छु । विवेक र सही विचारसहितको यस कदमका लागि म दुवै देशलाई बधाइ र धन्यवाद दिन चाहन्छु ।’

यस्तै, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि ट्रम्पको पोस्टको आशयलाई पुष्टि गर्ने शैलीको सन्देश एक्समा शेयर गरेका छन् । उहाँले गएका दुई दिनमा उपराष्ट्रपति जेडी भान्स, वरिष्ठ भारतीय तथा पाकिस्तानी अधिकारीहरूसँगै प्रधानमन्त्रीहरू, नरेन्द्र मोदी र सेहबाज सरिफसँग निरन्तर संवाद गरेको र दुई देशका सरकारहरूले युद्धविरामका लागि सहमति जनाएको पुष्टि गरे ।

तपाईको प्रतिक्रिया दिनुहोस्