पाेखरा ।।
पोखरा २२ स्थित विश्व शान्ति स्तूपको नजिकै नगरबस दुर्घटना भएको छ । ग१ख ३८८६ नम्बरको नगरबस बुधबार दिउँसो शान्ति स्तूपको पार्किङ स्थलभन्दा पल्टदा उक्त दुर्घटना भएको हाे ।
साे दर्घटनामा २६ जना यात्रु घाइते भएका छन् भने तीमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि पोखरा ल्याइँदैछ। स्थानीय बासिन्दा राजु क्षेत्रीका अनुसार अहिले पनि उद्धार कार्य जारी नै जानकारी दिएका छन् ।
ब्रेक फेल भएर बस दुर्घटनामा परेको हुन सक्ने आशंका गरिएको छ। बसमा अधिकांश भारतीय पर्यटक सवार रहेको जानकारी प्राप्त भएको छ। दुर्घटनाबारे अन्य विवरण भने आउन बाँकी नै छ ।