मौसम पूर्वानुमान हल्कादेखि मध्यम वर्षाको सम्भावना
  • प्रमुख खबर

पोखरा ।।

देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ ।

आज कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै ठाउँहरूमा र बाँकी पहाडी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ ।

पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायमै  र बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

यसैबीच काठमाण्डौ उपत्यका, मधेश प्रदेशलगायत तराईका ठाउँमा केही दिनदेखि गर्मी बढ्दो रहेको मौसमविद्ले बताएका छन्  ।

तपाईको प्रतिक्रिया दिनुहोस्