पाेकाेम्याटले खाेल्याे नयाँ शाखा
  • संजय थापा

पोखरा ।।

पर्यटनको राजधानी पोखराको महेन्द्रपुलमा अवस्थित पोकोम्याटले आफ्नो शाखा विस्तार गरेको छ। पोखराको जीराे की.मी. मा नयाँ शाखा खोल्लन सफल भएको छ । विशेष गरी यस शाखामा कम्प्युटर शिक्षा र जापानकाे लागी विध्यार्थी भिषा सम्बन्धी सम्पुर्ण कार्य गर्ने व्यवस्था मिलाइएको छ ।

विगत ८ वर्ष देखी पोखराको महेन्द्नपुलमा मुख्य कार्यलय रही काम गर्दै आएकाे यस संस्थाले विद्यार्थीहरुलाई कम्प्युटर शिक्षा र जापान भाषा पढ्नकाे लागी अझ सहज रहाेस भन्ने उदेश्य ले Oli & Associate Pokhara संगैकाे भवनमा नयाँ शाखा खाेलेकाे यस संस्थाका संचालक राज कुमार गुरुङले प्रमुख खबरलाई जानकारी गराए ।

साथै यही जेठ १ गतेबाट कम्प्युटर र जापान भाषाका लागी भर्ना खुलेकाे हुँदा सम्पूर्ण इच्छुक विद्यार्थीहरू भर्ना हुन सक्ने बताए । यस सस्थां ले SEE काे विद्यार्थीहरु लाई मध्य नजर गरी “आजकाे आवश्यकता कम्प्युटर शिक्षा-खेल खेलाै स्वस्थ रहाै” भन्दै पहीलाे फुटसल प्रतीयाेगीता सञ्चालन सम्पन्न गरिसकेको छ। यस संस्थाले विभिन्न समयमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको पनि छ। साथै आगामी वर्षपनी अझ भव्य र सव्य रहने गरी विभिन्न कार्यक्रमहरू गर्ने गुरुङले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्