नेकोस गण्डकीको दाेस्राे अधिवेशन जेठ ३० गतेबाट
  • प्रमुख खबर

पाेखरा ।।

नेपाल खेलकुद महासंघ (नेकोस) प्रदेश कमिटी गण्डकीको दाेस्राे अधिवेशन पाेखरामा हुने भएको छ ।

यही जेठ ३० र ३१ गते महासंघले नयाँ नेतृत्व चयनका लागि अधिवेशन गर्न लागेको हाे ।

उक्त अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्ला र ७ वटा खेलका प्रतिनिधिहरू गरी करिब १ सय ५० जनाको सहभागिता हुने नेकोस प्रदेश कमिटी गण्डकीले जनाएको छ ।

यस्तै महासंघका केन्द्रीय सचिव बिष्णु पुनले यस संस्थालाई विभिन्न चुनाैतीका बिच नयाँ ढंगले अगाडि बढाउनुपर्ने भएकाेले पनि गण्डकी प्रदेश कमिटिकाे दाेस्राे अधिवेशन गर्न आफुहरु लागि परेकाे बताए ।

उनले यस अधिवेशनबाट दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने बताउँदै नेतृत्व चयन सर्वसम्वत रुपमा हुने दाबि गरे ।

विशेषगरी यस अधिवेशनकाे उद्देश्य खेलकुद क्षेत्रकाे नीति, संरचना र आगामी कार्यदिशालाई स्पष्ट पार्नु रहेकाे उनले बताए ।

यसैबिच महासंघ गण्डकीका संयोजक बोधराज गिरीले यस अधिवेशनका मुख्य एजेन्डाहरू एक पालिका एक खेल रचनात्मक कार्य गर्ने, पालिकामा अनिवार्य रुपमा खेलकुद ऐन निर्माण गरी अनिवार्य रुपमा खेलकुद विकास समिति गठन गर्न र कुल बजेटको न्यूनतम ५ प्रतिशत रकम खेलाडी र खेल क्षेत्रको विकासका लागि बजेट विनियोजन गर्न विशेष पहल गरिने बताएका छन् ।

यस्तै एक पालिका एक रंगशाला, एक वडा एक खेल मैदान कार्यन्वयनको लागि पहल गर्ने। हरेक विद्यालयमा खेल शिक्षक र शिक्षा अनिवार्य गर्न पहल गर्ने ।

त्यस्तै स्वास्थ्य, व्यवसाय र रोजगारीका लागि खेल अभियान गर्ने, प्रदेशस्तरीय खेलकुद नीति पुनरावलोकन, खेलाडीहरुको विकास, प्रशिक्षण र सुरक्षाका कार्यक्रमहरु, महिला र युवा सहभागितामा वृद्धि लगायतका विषयमा छलफल गरिने पनि गिरीले जनाएका छन्।

खेल क्षेत्रकाे विकास र यसकाे माध्यमबाट नागरिकलाई स्वास्थ बनाउँदै सुखी नेपाली समृद नेपालकाे स्थापनाकाे लागि वि.सं.२०६६ साल मंसिर १४ देखि अनावरत रुपमा अघि बढिरहेकाे यस महासंघले विभिन्न खेलकुदका गतिविधिहरु सञ्चालन गर्दै आइरहेकाे छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्