काठ्माडाैं ।।
नेपाली क्रिकेट टोलीले साेमबार नेदरल्याण्डसँग आफ्नो १००औं टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै छ ।
आईसीसी टी-२० विश्वकपमार्फत सन् २०१४ मा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट यात्रा सुरु गरेको नेपालले त्यसयता ९९ वटा टी-२० खेलि सकेकाे छ ।
याे खेल नेपाली समय अनुसार साेमबार(आज) साँझ ७:४५ बजेदेखि शुरु हुँदैछ । यो सिरिजको पहिलो खेलमा स्कटल्याण्डले अाफ्नाे घरेलु मैदानमा नेदरल्याण्डसलाई पराजित गरेर विजयी शुरुवात गरेको छ ।
नेपाल र नेदरल्याण्डस अहिलेसम्म टी२० खेलमा १३ पटक आमने सामने भएका छन् । जसमा नेदरल्याण्डस ७ खेलमा विजयी भएको छ भने नेपालले ५ खेल जितेको छ ।
आइसीसीको टी२० वरियतामा नेपाल १८औं स्थानमा छ भने नेदरल्याण्डस १४औं स्थानमा रहेको छ ।
२० जुनसम्म हुने यो त्रिकोणात्मक टी२० सिरिजमा मंगलबार नेपाल र स्कटल्याण्ड, बुधबार स्कटल्याण्ड र नेदरल्याण्डस, विहिबार नेपाल र नेदरल्याण्डस तथा शुक्रबार नेपाल र स्कटल्याण्ड खेल्ने तालिका रहेको छ ।
यस सिरिजमा खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), अनिल शाह, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने, करण केसी, किरणकुमार ठगुन्ना, रुपेश सिंह र लोकेश बम रहेका छन् ।









