राष्ट्रिय ह्याण्डबल प्रतियोगिता असार १२ गते देखि
  • प्रमुख खबर

पाेखरा ।।
प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने भएको छ ।

गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा यहि असार १२ गते देखि १४ गते सम्म पोखरा रंगशाला उक्त प्रतियोगिता सञ्चालन हुने भएको हाे ।

प्रतियोगितामा दुई विभागिय टोलीसहित ६ प्रदेश गरी ८ टिमको सहभागिता रहने भएको छ । जसअन्तर्गत प्रतियोगितामा आयोजक गण्डकी प्रदेश सहित बागमति प्रदेश, माधेश प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशको सहभागिता रहनेछ ।

यस्तै विभागीय टाेलीतर्फ एपीएफ र आर्मीको सहभागिता रहने प्रतियोगिता संयोजक तथा संघका उपाध्यक्ष गिरमान गुरुङले जानकारी दिएका छन् ।

उनका अनुसार प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ, उप-विजेताले नगद ५० हजार, तेस्रोले नगद रु. ३० हजार तथा चौथों हुनेले नगद २० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने छन् ।

त्यस्तै यस प्रतियोगितालाई सफल बनाउन शारिरीक सुगठन खेलमा नेपालकै चर्चित क्लब बुल्समेन कलबले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

क्लबका संस्थापक एवं समाजसेवी इश्वर गुरूङले मंगलबार एक कार्यक्रमका बिच कलबको तर्फबाट ५० हजार रुपैयाँ सहयोग गरेको हाे । साे रकम उनले गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकलाई हस्तान्तरण गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्