गण्डकी प्रदेश स्तरीय महिला टी-२० क्रीकेट प्रतियोगिताका लागि पर्वतको महिला टिम घोषणा
  • प्रमुख खबर

Oplus_131072

पर्वत ।।
पोखरा रंगशालामा बुधबारबाट (भोलि) हुने गण्डकी प्रदेश स्तरीय महिला टी-२० क्रीकेट प्रतियोगिताका लागि पर्वतको महिला टिम घोषणा गरिएको छ ।

कृषा अखेलीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिएको हो ।

उक्त टोलीमा शुसिला भट्टराई, जिबिका क्षेत्री, प्रतिभा खड्का, अनुषा पौडेल, योगिता केसि, रिदिमा पौडेल, रोजिना चापागाईं, ऐनजल अधिकारी, बिपासा, ऐन्जल परियार, गरिमा केसि, जेनिशा शर्मा र दिपिका सापकोटा पार्न सफल भएका छन् ।

यस्तै पर्वत को महिला टिम कोचमा अजय लामिछाने रहेका छन् । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा हुन लागेको सो प्रतियोगितामा कास्की, पर्वत, स्याङ्जा र नवलपुर गरी ४ जिल्लाको सहभागिता रहेको छ।

भोलीबाट सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा कास्की र स्याङ्जा भिड्दैछन । यस्तै पर्वतले १९ गते स्याङजा र २० गते कास्कीको सामना गर्नेछ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्