साम्बा बनिन महिला ए-लिगमा खेल्ने पहिलाे खेलाडी
  • प्रमुख खबर

काठमाडौं ।।
नेपाली महिला फुटबलको चम्किलो नाम हाे साबित्रा भण्डारी ‘साम्बा’ । उनले नेपाली महिला फुटबलकाे उचाइलाई आफ्नाे खेलमार्फत अगाडि बढाएकी छन् ।

उनी नेपाली महिला फुटबल टोलीकी कप्तान एंव स्ट्राइकर समेत हुन् । ती नै साम्बा अब न्युजिल्यान्डको क्लब वेलिङटन फोनिक्ससंग २०२५–०२६ सिजनका लागि अनुबन्धित भएकी छन् ।

यो न्युजिल्यान्डको क्लब भए पनि यसले अस्ट्रेलियन क्लबहरूको बाहुल्यता भएको ए-लिग वुमन खेल्ने गर्छ।

फोनिक्ससंगकाे सम्झाैतासंगै साम्बा महिला ए-लिग (A-League Women) मा पाइला राख्ने पहिलो नेपाली महिला खेलाडीको बन्न सफल भएकी छन् ।

फोनिक्समा आबद्ध भएपछि साम्बाले आफु उत्साहित भएको बताएकी छन्। उनले भनिन्,”यो मेरो करियरको एउटा ठूलो अवसर हो। म क्लबलाई सक्दो योगदान दिन चाहन्छु, धेरै गोल गरेर समर्थकहरूलाई खुसी बनाउने छु।”

तर उनकाे लागि याे यात्रा त्यति सहज भने छैन यसभन्दा अघिल्लो सिजनमा फोनिक्सले नवौं स्थानमा रहेर कमजोर प्रदर्शन गरेको थियाे । उसले २३ खेलमा ७ खेल मात्र जितेको थियो।

उक्त कमजाेर नतिजाका कारण पनि फोनिक्सले साम्बा जस्तो गोल मिसाइल बोकेको स्ट्राइकरबाट आफ्नाे क्लब उचाइमा पुग्ने अपेक्षा गरिएको छ।

२०१४ मा नेपाली राष्ट्रिय टोलीमा डेब्यू गरेकी साम्बाले प्रतेक खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्दै आईरहेकी छन् ।

भुटानविरुद्धको डेब्यू खेलमै उनले गोल गर्दै आफ्नो आगमनको संकेत गरेकी थिइन् ।

उनले हालसम्म राष्ट्रिय टोलीबाट ६० खेलमा ६६ अन्तर्राष्ट्रिय गोल गर्दै सर्वाधिक गोलकर्ताको कीर्तिमान स्थापित गरेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्