वर्ल्ड एथलेटिक्स टुरमा सहभागी नेपाली टोलीलाई राखेपको बिदाइ
  • प्रमुख खबर

श्रावण २१ गते, बुधबार
पाेखरा ।। “प्रथम इन्डियन ओपन वर्ल्ड एथलेटिक्स ब्रोन्ज कन्टिनेन्टल टुर” मा सहभागी हुन जाने १४ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच बिदाइसँगै शुभकामना दिएका छन्।

उनले टाेलीलाई अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा मिल्याेस् भन्दै शुभकामना दिएका छन् । यस प्रतियोगिता नेपालको लागि गौरव र सम्भावनाको अवसर भएको बताउँदै उनले खेलाडीहरूमा आत्मविश्वास र लगनशीलताको आवश्यकता रहेकाे पनि औंल्याए ।

प्रतियोगिता आगामी अगस्ट १० (साउन २५) गते भारतको उडिसामा आयोजना हुँदैछ। नेपालबाट १२ जना खेलाडी र २ अफिसियल गरि १४ जना सहभागी हुनेछन्।

उक्त प्रतियाेगितामा सहभागी हुने खेलाडीहरुमा आदेशकुमार यादव, सोमबहादुर कुमाल, मुकेशबहादुर पाल, सलिम देवान, डिल्ली खत्री, रोहित चौधरी, प्रकाश दनुवार, कलेसी चौधरी, नारायणी भण्डारी, सिमाकुमारी चौधरी, चन्द्रकला लाम्गाडे र पूर्णलक्ष्मी न्यौपाने रहेका छन् ।

त्यस्तै यस प्रतियाेगिताकाे लागि अफिसियलहरूमा शिवलाल आचार्य र अनिलरुद्र कुमार चौधरी सहभागी हुँदैछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्